सिभिल बैंकको सेयर कारोबार फुकुवा

काठमाडौं । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको सेयर कारोबार फुकुवा भएको छ ।

बैंकले मंगलबार सेयर कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन दिएसँगै आजदेखि कारोबार फुकुवा हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रियामा रहेका कम्पनीको सेयर बढीमा १५ दिन मात्रै रोक्का हुने व्यवस्था गरेसँगै मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको पनि सेयर कारोबार फुकुवा भएको हो ।

संस्थापक सेयर भने कारोबार रोक्का नै कायम रहने छ । आजदेखि बैंकको साधरण सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

काठमाडौंका ३ क्षेत्रमा घण्टीको जित, कसले कति मतले हराए ? Read Previous

काठमाडौंका ३ क्षेत्रमा घण्टीको जित, कसले कति मतले हराए ?

सिद्धबाबा सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, माघदेखि खन्न सुरू गरिने Read Next

सिद्धबाबा सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, माघदेखि खन्न सुरू गरिने