Advertisement Section

सिद्धबाबा सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, माघदेखि खन्न सुरू गरिने

सांकेतिक तस्वीर
Advertisement Section

काठमाडौं । सिद्धबाबा सुरुङमार्गको डिजाइन अन्तिम चरणमा पुगेको छ । सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले डिजाइनको काम लगभग सकाएको हो ।

सुरुङमार्ग डिजाइनको काम सकिए पनि सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्र निर्माणले स्वीकृति गर्न भने बाँकी छ । कम्पनीलाई डिजाइनका लागि ९ महिनाकाे समयसीमा पुसमा सकिने छ ।

आयोजना प्रमुख होमबहादुर केसीले सुरुङ डिजाइनको काम अन्तिम चरणमा पुगेको बताए । ‘सुरुङ डिजनइनको काम लगभग सकिएको छ । अब विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले स्वीकृत गर्न बाँकी छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘डिजाइन स्वीकृत हुन र छलफल गर्न १ महिना हाराहारी समय लाग्छ ।’

उनले पुसभित्र डिजाइन स्वीकृत हुने र माघदेखि सुरुङ खन्न थालिने जानकारी दिए । ठेकेदार कम्पनीलाई डिजाइन र निर्माणका लागि ५ वर्ष समय अवधि दिइएको छ । डिजाइनपछि ४ वर्ष ३ महिना निर्माणका लागि समय बाँकी हुनेछ ।

सुरुङमार्गको डिजाइन सन् २०२३ को जनवरीसम्ममा सक्नुपर्ने छ । चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी ठेक्का पाएको हो । कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्नु पर्नेछ ।

कम्पनीले सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्नेछ । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाइ सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सिभिल बैंकको सेयर कारोबार फुकुवा Read Previous

सिभिल बैंकको सेयर कारोबार फुकुवा

ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ? Read Next

ग्लोबल आइएमई बैंकको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?