काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काठमाडौंका तीन क्षेत्रमा विजयी भएको छ ।
काठमाडौं क्षेत्रनं. ७ मा गणेश पराजुली, क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम र क्षेत्र नं.–८ मा विराजभक्त श्रेष्ठले जित हात पारेका हुन् ।
काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाइन् ।
यसैगरी, काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५ हजार २२९ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ११ हजार ५५५ मत पाए ।
यस्तै, क्षेत्र नम्बर ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाए । तेस्रो भएका एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाए ।