काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोब्बर बढी मतले अगाडि छन् ।
बुधबार बिहान ७ बजेसम्मको मतगणना अनुसार रवि ७ हजार ३९२ मतले अघि छन् । रविले १३ हजार ६४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पाेखरेलले ६ हजार २४९ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५९३५ मत पाएका छन् ।