निफ्राले ५ अर्बको ऋणपत्र जारी गदै, धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बोर्डले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो ।

जसका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ। कम्पनीले अंकित मूल्य प्रति कित्ता १ हजारका दरले ऋणपत्र बिक्री गर्ने जनाएको छ । गत कात्तिक २४ गते बोर्डको अन्तिम स्वीकृति पाएसँगै ऋणपत्र जारी गर्न निफ्राले तयारी गरिरहेको छ।

बैंकको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ। कम्पनीले जारी गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्री गरिने छ भने बाँकी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र कम्पनीले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

कम्पनीका अनुसार वार्षिक ७ प्रतिशत ब्याजदर भएको यो ऋणपत्र ७ वर्ष अवधिको छ। कम्पनीले ऋणपत्र जारी गर्नका लागि स्वीकृति माग गर्दै गत असार १ गते बोर्डमा निवेदन दिएको थियो।

ललितपुर ३ मा पम्फा भुसाललाई उछिन्दै तोसिमा अगाडी Read Previous

ललितपुर ३ मा पम्फा भुसाललाई उछिन्दै तोसिमा अगाडी

कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ जारी गर्ने Read Next

कालिञ्चोक दर्शनले मंसिर १४ देखि आइपीओ जारी गर्ने