काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी तोसिमा कार्किले अग्रता लिएकी छिन् ।
प्रारम्भिक चरणमा अग्रता लिइरहेकी गठबन्धनका तर्फबाट माओवादीकी उम्मेदवार पम्फा भुसाललाई पछि पादै तोसिमाले अग्र्रता कायम गरेकी हुन ।
पछिल्लो मत परणाम अनुसार तोसिमाले १६०८ मत प्राप्त गर्दा दोस्रोमा एमालेका उम्मेदवार अमृत खड्काले १५१९ मत पाएका छन भने पम्फा भुसालले १०१० मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।