चार महिनामा ९६ अर्ब लगानीका उद्योग दर्ता, घट्दै वैदेशिक लगानी

काठमाडौं । चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ९६ अर्ब रुपैयाँ बराबरका लगानीका उद्योगहरु सञ्चालनका लागि दर्ता भएका छन् । सो लगानीमा ८९ उद्योग सञ्चालनमा आउने गरी यस अवधिमा दर्ता भएका हुन् । उक्त उद्योगहरु सञ्चालनपछि ६ हजार ११४ जनाले रोजगारी प्रापत गर्ने छन् ।

विभिन्न क्षेत्रका दर्ता भएका उद्योग मध्ये सबैभन्दा बढी लगानी उर्जा तर्फ रहेको छ । यस क्षेत्रमा ६६ अर्ब ४८ करोड रुपैयाँ लगानी सहित उद्योग सञ्चालनमा आउने तयारी भएको छ । सो कम्पनीहरु सञ्चालनमा आएपछि ९५३ जनाले रोजगार पाउने अनुमान गरिएको छ ।

यस्तै पर्यटन तर्फ ११ अर्ब ६३ करोड रुपैयाँ लगानीमा २१ उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । उक्त कम्पनीले सञ्चालनपछि २ हजार १९२ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।

उत्पादन तर्फ सो अवधिमा ९ अर्ब १९ करोड रुपैयाँ लगानीमा २७ उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । उक्त कम्पनीले सञ्चालनपछि १ हजार ९९५ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।

सेवामूलक तर्फ ८ अर्ब २७ करोड रुपैयाँ लगानीमा १४ उद्योग सञ्चालनमा आउने तयारीमा रहेका छन् । उक्त कम्पनीहरुले सञ्चानपछि ६६७ जनालाई रोजगार दिने लक्ष्य राखेका छन् ।

खानी तर्फ १० करोडको एक उद्योग सञ्चालनमा आउने गरी कम्पनी दर्ता भएको छ । उक्त कम्पनीले सञ्चालनपछि २६ जनालाई रोजगार दिने अनुमान गरिएको छ ।
यसैगरी सुचना, संचार तथा प्रसारण प्रविधि तर्फ ३१ करोड रुपैयाँ लगानीमा ४ उद्योग दर्ता भएका छन । उक्त कम्पनीले सञ्चालनपछि २२९ जनालाई रोजगार दिने लक्ष्य राखेका छन् ।

कृषि तर्फ १ मात्र उद्योग दर्ता भएको छ । उक्त क्षेत्रमा १५ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आउन लागेको हो । उक्त कम्पनीले ५२ जनालाई रोजगार दिने अनुमान छ ।

गत आर्थिक वर्षको ४ महिनामा १ खर्ब ३४ अर्ब रुपैयाँ लगानीमा ११६ उद्योग सञ्चालनका लागि दर्ता भएका थिए । सो अवधिमा पर्यटन तर्फ २२ उद्योगका लागि ११ अर्ब, सेवामूलक तर्फ १७ उद्योगका लागि १७ अर्ब, उत्पादनमूलक तर्फ ५० उद्योगका लागि ३३ अर्ब, पूर्वाधार तर्फ एक उद्योगका लागि ४४ करोड, सूचना तथा प्रविधि तर्फ २ उद्योगका लागि २० करोड, उर्जा तर्फ १४ उद्योगका लागि ६९ अर्ब र कृषि तर्फ १० उद्योगका लागि १ अर्ब रुपैयाँ लगानी आएको थियो ।

घट्दै वैदेशिक लगानी

चालु आर्थिक वर्षको ४ महिनामा २ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उक्त लगानीमा १२ उद्योग सञ्चालनका लागि प्रतिवद्धता आएको हो । सो मध्ये सेवामूलक तर्फ सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ । सेवा क्षेत्रमा ७ उद्योग सञ्चालनका लागि १ अर्ब ५५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

पर्यटन तर्फ ३ उद्योग सञ्चालनका लागि ३० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उत्पादन तर्फ १० करोड रुपैयाँ लगानीमा १ उद्योगका लागि लगानी प्रतिवद्धता आएको छ । सुचना तथा प्रविधि तर्फ भने १ उद्योगका लागि ५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको ४ महिनामा ११६ उद्योग सञ्चालनका लागि २५ अर्ब १६ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो । सो अवधिमा पर्यटन तर्फ ५४ उद्योगका लागि ९ अर्ब, सेवामूलक तर्फ ३५ उद्योगका लागि ११ अर्ब, उत्पादनमूलक तर्फ १८ उद्योगका लागि ३ अर्ब, सुचना प्रविधि तर्फ ४ उद्योगका लागि ३५ करोड, कृषि तर्फ ४ उद्योगका लागि ६० करोड र उर्जा तर्फ १ उद्योगका लागि १० करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

निर्वाचन २०७९ : पुराना उम्मेदवारलाइ नयाँको टक्कर, कहाँ को अघि ? Read Previous

निर्वाचन २०७९ : पुराना उम्मेदवारलाइ नयाँको टक्कर, कहाँ को अघि ?

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका Read Next

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका