
काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको मंसिर १ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र करसहित १.५ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।