काठमाडौं । एनआइसी एशिया बैंकका ग्राहकले भिडियो केवाइसीबाटै केवाइसी विवरण अद्यावधिक गर्न सक्ने भएका छन् । केवाइसी अद्यावधिक गर्न बैंक नै धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्दै बैंकले भिडियोबाटै केवाइसी अपडेट गर्न मिल्ने व्यवस्था गरेको हो ।
घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी ई–केवाइसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाइसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी बुझाउनुपर्नेछ।
त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा भिडियो कल मार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सकिनेछ वा बैंकिङ्ग समयमा भिडियोकलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अद्यावधिक गर्न सकिनेछ । बैंकले यसअघि अनलाइन खाता खोल्ने ग्राहकहरूको लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ ।
ग्राहकहरूले भिकेवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकतारपासपोर्टरड्राइभिङ लाइसेन्सरमतदाता परिचय पत्र) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्छ ।
यसरी भी केवाईसी मार्फत केवाइसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरूले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् । स्वदेश वा विदेशमा रहेका ग्राहकहरूलाई भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहकहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
एनआइसी एशिया बैंकको मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटीएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा रहेको छ ।