भारतबाट बढेर आयो पेट्रोलको भाउ, डिजेलको घट्यो

काठमाडौं । भारतीय आयल निगम (आइओसी)ले पेट्रोलियम पद्धार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले नेपाल आयल निगमलाई कात्तिक ३० गते (नोभेम्बर १६ तारिख)मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको भाउ बढेको छ भने डिजेलको घटेको छ । भारतबाट पेट्रोलको भाउ प्रतिलिटर ३.१६ रुपैयाँ बढेर आएको छ भने डिजेल प्रतिलिटर १.३० रुपैयाँ घटेर आएको छ ।

हाल निगमलाई पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ भने डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा रहेको छ भने डिजेलमा प्रतिलिटर १०.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ? Read Previous

फरवार्ड माइक्रोफाइनान्सको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?

पुसदेखि पनौतीमा प्याराग्लाइडिङ गर्न अनुमति Read Next

पुसदेखि पनौतीमा प्याराग्लाइडिङ गर्न अनुमति