हेटौंडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

काठमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।

यसअघि उद्योगले ३०० देखि ४०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट विक्री वितरण सुरु गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो ।

कोइला विक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो ।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि १ अर्ब र नयाँ प्लान्ट निमार्णका लागि रु ५ अर्बदेखि रु ८ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल २१८ जना कर्मचारी छन् ।

सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर जहाजको परीक्षण उडान, भाडा घट्ने Read Previous

सुर्खेत विमानस्थलमा ७२ सिटे एटीआर जहाजको परीक्षण उडान, भाडा घट्ने

विश्वकप फुटबल हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने, पैसा असुल्ने बाटो खुल्यो Read Next

विश्वकप फुटबल हेर्न ५०० रुपैयाँ तिर्नुपर्ने, पैसा असुल्ने बाटो खुल्यो