नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार ६ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।

सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले घटेर पौने अर्बमा सीमित भएको छ ।

बुधबार नेप्से १३.४० अंकले बढेर १९११.२६ विन्दुमा पुगेको छ । यसदिन २३२ कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बढीको २४ लाख ९५ हजार ६१२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । विकास बैंक समूह सबैभन्दा धेरै १.२७ प्रतिशतले बढेको छ ।

आज रिडी पावरको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी ४ करोड र नेपाल लाइफ इन्स्योरेन्स पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज सिक्लेस हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, गणपति लघुवित्त ७.७१, नारायणी विकास बैंक ५.५३, रिडी पावर ५.४४, तेह्रथुम पावर ४.६५ र युनाइटेड मोदीको सेयरमूल्य ४ प्रतिशतले बढेको छ ।

डलर संचितिमा सुधार, एक महिनामै थपियो १३ करोड डलर Read Previous

डलर संचितिमा सुधार, एक महिनामै थपियो १३ करोड डलर

'ट्रयाक'मा आउँदै अर्थतन्त्र, यस्ता छन् मुख्य सूचक Read Next

'ट्रयाक'मा आउँदै अर्थतन्त्र, यस्ता छन् मुख्य सूचक