लक्ष्मी बैंकले विश्वकप लक्षित योजना ‘सेभ लाइक अ च्याम्पियन’

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकप फुटबललाई लक्ष्ति गर्दै नयाँ योजना ल्याएको छ ।

बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यले ‘सेभ लाइक अ च्याम्पियन’ योजना ल्याकएको हो ।

यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवद्र्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेज (बैंकको मोबाइल बैंकिङ्ग र इन्टरनेट बेैकिंङ्ग, डिम्याट खाता, मेरो शेयर, भाइबर बैंकिङ्ग, इमेल समाधानहरुं) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।

बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।

 

 

काठमाडौं महानगरले खुलामञ्चमा 'ट्रिपल बेसमेन्ट' पार्किङ बनाउने Read Previous

काठमाडौं महानगरले खुलामञ्चमा 'ट्रिपल बेसमेन्ट' पार्किङ बनाउने

डलर संचितिमा सुधार, एक महिनामै थपियो १३ करोड डलर Read Next

डलर संचितिमा सुधार, एक महिनामै थपियो १३ करोड डलर