मेलम्चीको पानी काठमाडौं पठाउन आवश्यक काम सुरू

काठमाडौं । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ ।

वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन । यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो ।

सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए ।

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी दिए । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए । भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ ।

सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए । जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ ।

उनका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पुर्याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो । विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवर्क्समा क्षति पुर्याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो ।

विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवर्क्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।

माउन्टेन इनर्जी र सिद्धार्थ इन्स्योरेन्स लाभांश घोषणा, कुनको कति ? Read Previous

माउन्टेन इनर्जी र सिद्धार्थ इन्स्योरेन्स लाभांश घोषणा, कुनको कति ?

माथिल्लो तामाकोशीको आम्दानी दोब्बरले बढ्यो, खुद नाफा कति ? Read Next

माथिल्लो तामाकोशीको आम्दानी दोब्बरले बढ्यो, खुद नाफा कति ?