माथिल्लो तामाकोशीको आम्दानी दोब्बरले बढ्यो, खुद नाफा कति ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको खुद नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७.२४ प्रतिशतले घटेको छ ।

कम्पनीले असोज मसान्तसम्म ७९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७ करोड कम हो । तामाकोशीले गत वर्षको पहिलो त्रैमासमा ८६ करोड खुद नाफा कमाएको थियो ।

विद्युत् विक्रीबाट हुने आम्दानी बढे पनि प्रशासनिक, वित्तीय खर्च बढ्दा कम्पनीको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी दोब्बरले बढेको छ । गत वर्ष बिजुली बेचेर १ अर्ब ७२ करोड रुपैयाँ कमाएको कम्पनीले चालु आवमा ३ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको छ ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ९४ रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिसम्म कम्पनीको दीर्घकालीन ऋण ७३ अर्ब ६३ करोड र अल्पकालीन ऋण ५ अर्ब ७८ करोड रहेको छ ।

नाफामा गिरावट आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँबाट घटेर ७.५३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ८१.५९ रुपैयाँ, प्रतिसेयर मूल्य सम्पत्ति ८४८.७३ रुपैयाँ छ ।

कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ ।

मेलम्चीको पानी काठमाडौं पठाउन आवश्यक काम सुरू Read Previous

मेलम्चीको पानी काठमाडौं पठाउन आवश्यक काम सुरू

काठमाडौं महानगरले खुलामञ्चमा 'ट्रिपल बेसमेन्ट' पार्किङ बनाउने Read Next

काठमाडौं महानगरले खुलामञ्चमा 'ट्रिपल बेसमेन्ट' पार्किङ बनाउने