काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । माउन्टेन इनर्जी र सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वष २०७८/७९ को नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
माउन्टेन इनर्जीले सेयरधनीलाई १०.५३ प्रतिशत नगद (करसहित) लाभांश दिने घोषणा गरेको हो । कम्पनी संचालक समितिको कात्तिक २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले पनि आव २०७८/७९ को मुनाफाबाट ९.४३ प्रतिशत नगद लाभांश् दिने घोषणा गरेको छ । इन्स्योरेन्स संचालक समितिको कात्तिक २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
दुवै कम्पनीको प्रस्तावित लाभांश नियामक निकायको स्वीकृति र सम्बन्धित कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।