काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक २९ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ७ (करसहित) नगद गरी कुल ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।