काठमाडौं । मेगा बैंक नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक २९ गते बसेको बैठकले सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र ३.८३ (करसहित नगद गरी कुल ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा झन्डै ५ प्रतिशत कम हो । बैंकले आव २०७७र७८ मा १२.०७ प्रतिशत लाभांश दिएको थियो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।