काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । लगातार ५ दिन घटेर सोमबार दोहोरो अंकले बढेको नेप्से आज फेरि ओरालो लागेको हो ।
सूचकमा गिरावट आए पनि कारोबार रकममा भने झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८ करोडले बढेर १ अर्ब नाघेको छ ।
मंगलबार नेप्से ६.५९ अंकले बढेर १८९७.८६ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब २ करोड रुपैयाँ बढीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० समूहको राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.७१ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड र नेपाल टेलिकम साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
घट्दो बजारमा आज तारागाउँ रिजेन्सी होटलका सेयरधनीले सर्वाधिक ८.५६ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सिक्लेस हाइड्रोपावर ८.४२, ग्रामीण विकास लघुवित्त ६.२१, गणपति लघुवित्त ५.०६, सप्तकोशी विकास बैंक, रुरु जलविद्युत्, रिभर फल्स पावर, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स र नेपाल हाइड्रोको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।