पिपुल्स हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधरणका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यदरले ५६ करोड ६३ लाख ९ हजार रुपैयाँ बराबरको ५६ लाख ६ हजार ३९० कित्ता सेयर विक्रीमा ल्याएको हो ।

निष्काशित कुल सेयर मध्ये ५ प्रतिशत (२ लाख ८० हजार १९० कित्ता) सामूहिक लगानी कोष र ३ प्रतिशत (१ लाख ६८ हजार १९० कित्ता) कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी, पुर्मु र चुर्मु खोलाको बहाव प्रयोग गरेर ५४ मेगावाट क्षमताको सुपर दोर्दी जलविद्युत् ‘ख’ आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफको नाफा २५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Previous

नेपाल लाइफको नाफा २५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साना किसान लघुवित्तले कमायो २ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ? Read Next

साना किसान लघुवित्तले कमायो २ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ?