पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै बुद्ध एयर, भारतको ३ गन्तव्यमा जाने

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ ।

बुद्धले एक विज्ञप्ति जारी गर्दै आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडान आफ्नो कम्पनीले गर्ने घोषणा गरेको हो ।

पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार पोखरा-बनारस-पोखरा उडान हुनेछ ।

यस्तै, पोखरा-दिल्ली र पोखरा देहरादुन उडानका लागि एयर ट्राफिक सर्भिसेस अर्थात् एयर रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको र बनारसको विमानस्थलमा स्लटका लागि भारतीय सरकारसँग छलफलमा रहेको बुद्धले जनाएको छ ।

भारत सरकारबाट स्कीकृती प्राप्त हुनसाथ पोखरा-दिल्ली-पोखरा प्रत्येक दिन २ उडान र पोखरा- देहरादुन-पोखरा हप्तामा ३ उडानका लागि प्रकृया अघि बढाउने बुद्धले जनाएको छ ।

अहिले बुद्धले काठमाडौं-बनारस नियमित उडान गर्दै आएको छ ।

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

नेपाल लाइफको नाफा २५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ? Read Next

नेपाल लाइफको नाफा २५ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी कति ?