बम्पर लाभांश पारित गर्न युनिलिभरले डाक्यो साधरण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । युनिलिभर नेपालले गत वर्षको नाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

कम्पनीले मंसिर २० गते २९ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभा एभरेष्ट होटल, नयाँबानेश्वर, काठमाडौंमा हुनेछ ।

युनिलिभरले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १२१५ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

यसैगरी, कम्पनीले सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान हिसाब, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु लैजाने भएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक गते बुकक्लोज तोकेको छ । सो अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

कृषिबाट टाढिँदै कृषक : उत्पादकत्व  र अर्थतन्त्रमा योगदान घट्दो Read Previous

कृषिबाट टाढिँदै कृषक : उत्पादकत्व र अर्थतन्त्रमा योगदान घट्दो

मकैको बट्टा र जमिन मुनि भेटियो ३ अर्ब डलरकाे बिटक्वाइन, यस्तो छ रहस्य Read Next

मकैको बट्टा र जमिन मुनि भेटियो ३ अर्ब डलरकाे बिटक्वाइन, यस्तो छ रहस्य