सूर्या लाइफको नाफा झन्डै दोब्बरले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा झन्डै दोब्बरले बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८२.५४ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको असोज मसान्तसम्म २० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९ करोड रुपैयाँ बढी हो । गत वर्षको सोही अवधिमा सूर्याले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमा शुल्क, लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढ्दा र नोक्सानी व्यवस्थापनबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता आउँदा नाफामा छलाङ आएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी ५.५६ प्रतिशत बढेर ७ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

हाल २ अर्ब ५५ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७१ करोड २२ रुपैयाँ संचित छ । यस्तै, जीवन बीमा कोषमा १४ अर्ब ९२ करोड र महाविपत्ती कोषमा १८ करोड १४ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३२.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ पनि १२६.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९० गुणा रहेको छ । सूर्या लाइफ हाल ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

डिप्रोक्स लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ५ गुणा बढ्यो Read Previous

डिप्रोक्स लघुवित्तको नाफा झन्डै आधा घट्यो, खराब कर्जा ५ गुणा बढ्यो

म्याग्दी र राहुघाट नदीमा उत्पादित बिजुली जोड्न प्रसारण लाइन निर्माण सुरू Read Next

म्याग्दी र राहुघाट नदीमा उत्पादित बिजुली जोड्न प्रसारण लाइन निर्माण सुरू