विदेश जानेको लर्को, एक महिनामै ६२ हजारले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारी नेपालीको बाध्यता बनेको छ । स्वदेशमै रोजगारीको अवसर नपाएर औसतमा दैनिक २ हजार बढी विदेशिरहेका छन् ।

यसैक्रममा, चालु आर्थिक वर्षको असोजमा मात्रै ६२ हजार बढीले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार असोजमा ६२ हजार ७०७ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार ५७ हजार २९६ जना पुरुष र ५ हजार ४१० जना महिलाले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सीप नभएका कामदारहरुको संख्या रहेको छ ।वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा उच्चदक्ष कामदारको संख्या १४, पेशागत कामदारको संख्या १०९, अर्धदक्ष कामदारको संख्या ४ हजार २१६ सीपयुक्त कामदारको संख्या ३९ हजार ७९० र सीप नभएका कामदारहरुको संख्या १८हजार ५७७ रहेको तथ्याङकमा उल्लेख छ ।

असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् ।

'फेवाताल'को झल्को मेट्ने शिवपुरीको 'विशाल ताल' (फोटोफिचर) Read Previous

'फेवाताल'को झल्को मेट्ने शिवपुरीको 'विशाल ताल' (फोटोफिचर)

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने Read Next

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने