ट्वीटरद्धारा ‘ब्लु टिक’को मासिक ८ डलर लिने निर्णय खारेज

काठमाडौं । ट्वीटरले ब्लु टिकका लागि मासिक ८ डलर तिने निर्णय खारेज गरेको छ । ट्वीटरले ८ नोभेम्बरबाट अमेरिका, क्यानडा, न्यूजिल्याण्ड लगायत देशमा ब्लु टिकको मासिक ८ डलर लिने व्यवस्था लागू गरेको थियो ।

तर, यी देशहरूबाट कयौं फर्जी ट्वीटर अकाउन्टले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधी कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरेका थिए ।

आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्न परेको थियो ।

ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गर्न थालेपछि ट्वीटरले शुक्रबारबाटै ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्वीटर अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरूले प्राप्त गर्दथे । तर, मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

यो ट्वीटरसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो ।

निजी क्षेत्रको हालसम्मकै ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफा आधा घट्यो, ईपीएस कति ? Read Previous

निजी क्षेत्रको हालसम्मकै ठूलो हाइड्रो बनाइरहेको साहस ऊर्जाको नाफा आधा घट्यो, ईपीएस कति ?

पर्यटकलाई सहरभन्दा गाउँ प्यारो, घान्द्रुकमा बास पाउनै मुस्किल Read Next

पर्यटकलाई सहरभन्दा गाउँ प्यारो, घान्द्रुकमा बास पाउनै मुस्किल