सेयर बजारमा छायो हरियाली, सूचक र कारोबार दुवैमा सुधार

काठमाडौं । सोमबार दोहोरो अंकले घटेको बजारमा आज सुधार देखिएको छ । बजार हरियाली छाउँदा सूचक र कारोबार रकम दुवैमा सुधार देखिएको छ । मंगलबार सूचक ५ अंकले बढेको छ भने कारोबार रकम मा सामान्य बढोत्तरी आएको छ । समग्र बजार पूँजीकरण साढे १४ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५.०८ अंकले बढेर ११४२.०४ विन्दुमा पुगेको छ । आज १५१ कम्पनीको २२ करोड २४ लाख ५२ हजार ७८ रुपैयाँको कारोबार भएको छ । ७ लाख ६५ हजार ८९७ कित्ता सेयर किन बेच भएका छन् ।

 

आज कारोबार भएका १५१ कम्पनीमध्ये ८६ कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

कारोबार भएका १२ वटा समूहमध्येमा १० वटा समूहको सूचक उकालो लागेका छन् भने २ वटा समूहको सूचक स्थिर रहेका छन् । आज जीवन बीमा सूचक सबैभन्दा धेरै ३१.१५ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि ४.५२ अंकले बढेको छ ।

 

कारोबार रकमको आधारमा सिद्धार्थ बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ४ करोड ७ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको छ ।

 

कारोबारकै आधारमा एसियन लाईफको प्रमोटर सेयर र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । एसियनको ३ करोड ६९ लाख र प्रभुको १ करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।

 

आज आरएमडीसी लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको छ भने सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले घटेको छ ।

शोधानान्तर घाटामा सुधार, निर्यात २५ प्रतिशतले बढ्यो Read Previous

शोधानान्तर घाटामा सुधार, निर्यात २५ प्रतिशतले बढ्यो

विद्युत कारोबार नियमावली जारी, यस्ता छन् प्रावधान Read Next

विद्युत कारोबार नियमावली जारी, यस्ता छन् प्रावधान