रेमिट्यान्स कम्पनी आइएमईले आइपीओ ल्याउँदै

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित आगामी मंसिर १६ गते २२ औं साधरण सभा डाकेको छ । कम्पनीको सभा होटेल ले हिमालय, लाजिम्पाट, काठमाडौंमा हुनेछ ।

कम्पनीले सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८/७९ को वासलात, आव २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक तोक्ने र संचालक समितिको गठन गर्ने लगायतका प्रस्तावहरु पनि सभामा लैजाने भएको छ ।

साधारणसभाले आइपीओ सम्बन्धी विशेष प्रस्ताव पारित गरेपछि लगत्तै निष्काशनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

आइएमई नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी हो । आइएमईले हाल विश्वका २०० बढी देशबाट विप्रेषण सेवा दिँदै आएको छ । कम्पनीको विश्वभर १० लाखभन्दा बढी स्थानहरूमा फैलिएको नेटवर्क छ ।

आइएमईमा व्यवसायी तथा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मुख्य लगानी रहेको छ ।

सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउने 'ग्रेडर मेसिन' हाँक्दै अनिता Read Previous

सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउने 'ग्रेडर मेसिन' हाँक्दै अनिता

नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत Read Next

नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत