जीवन विकास लघुवित्तको नाफामा गिरावट, ईपीएस आधा घट्यो

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६.४० प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा १४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा १७ करोड ६६ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढे पनि सञ्चालन नाफा घट्दा र कर्जा असुन नहुन नसक्दा प्रोभिजनिङ गर्नुपर्ने रकम बढेसँगै नाफामा गिरावट आएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.९४ प्रतिशत बढेर ४० करोड ६२ लाख रुपैयाँ पुगेको छ । सञ्चालन मुनाफा भने २०.९४ प्रतिशतले घटेर १२ करोड ५१ लाखमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तले ९ अर्ब ७६ करोड निक्षेप संकलन र १० अर्ब सापटी लिई कुल २४अर्ब २६ करोड ऋण लगानी गरेको छ । हाल १ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६८ करोड रुपैयाँ संचित छ ।

नाफामा गिरावट आएसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ११६.११ रुपैयाँबाट घटेर ५७.१० रुपैयाँमा झरेको छ ।

यस्तै, प्रतिसेयर नेटवर्थ २८३.९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४३.८२ गुणा र खराब कर्जा १.१२ प्रतिशत रहेको छ ।

 

गरिमा विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो Read Previous

गरिमा विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउने 'ग्रेडर मेसिन' हाँक्दै अनिता Read Next

सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउने 'ग्रेडर मेसिन' हाँक्दै अनिता