गरिमा विकास बैंकको लाभांश घोषणा, अघिल्लो वर्षकोभन्दा घट्यो

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक २४ गते बसेको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा १.५० प्रतिशत कम हो । बैंकले आव २०७७/७८ मा १६ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

 

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ? Read Previous

चन्द्रागिरि हिल्सको वित्तीय अवस्था सुध्रिँदै, नाफामा जान थाल्यो, ईपीएस कति ?

जीवन विकास लघुवित्तको नाफामा गिरावट, ईपीएस आधा घट्यो Read Next

जीवन विकास लघुवित्तको नाफामा गिरावट, ईपीएस आधा घट्यो