युनिक नेपाल लघुवित्त घाटामा, खराब कर्जा ५ प्रतिशत नाघ्यो

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था नोक्सानीमा गएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार २२ लाख ७५ हजार घाटामा रहेको हो ।

गत वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.६९ प्रतिशतले घटेर ५ करोड ८९ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ । यस्तै, गत वर्ष ११ लाख रुपैयाँ संचालन नाफामा रहेको लघुवित्त यस वर्ष सञ्चालन आम्दानी २ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

हाल ११ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २६ करोड १५ लाख रुपैयाँ संचित छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २.१९ रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३६०.०९ रुपैयाँ र खराब कर्जा ५.७० प्रतिशत रहेको छ ।

 

सानिमा माइ हाइड्रोपावरको नाफामा झिनो गिरावट, ईपीएस कति ? Read Previous

सानिमा माइ हाइड्रोपावरको नाफामा झिनो गिरावट, ईपीएस कति ?

बसुन्धरामा ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु Read Next

बसुन्धरामा ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु