नेष्डो लघुवित्तको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सामान्य सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११.३० प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ५ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५७ लाख रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ५ करोड ७ लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ११.३० प्रतिशतले बढेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

हाल २५ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ संचित छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८८.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३४७.३५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३१.६१ गुणा र खराब कर्जा ४.४१ प्रतिशत रहेको छ ।

विश्वकप हेर्न थप ५०० रुपैयाँ नलिन सर्वोच्चको अन्तरिम आदेश Read Previous

विश्वकप हेर्न थप ५०० रुपैयाँ नलिन सर्वोच्चको अन्तरिम आदेश

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने Read Next

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने