विश्वकप हेर्न थप ५०० रुपैयाँ नलिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । आगामी महिना हुने विश्वकप फुटबल हेरे बापत थप अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया हब प्रालि र टेलिभिजन सेवा प्रदायकले प्रतिग्राहक ५०० रुपैयाँ असुल्ने निर्णय गरेको थिए । सो निर्णयको विरुद्धमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले तत्काल थप ५०० रुपैयाँ लिने निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिक आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अतिरिक्त शुल्क नलिई यथास्थितिमा राख्न आदेश दिएको हो ।

अदालतले दुवै पक्षलाई कात्तिक २७ गते छलफलका लागि बोलाएको छ ।

६ वर्षमा ४ पटक भोट माग्न आए नेता, तर बनेन ७ किमी जोरपाटी-सुन्दरीजल सडक Read Previous

६ वर्षमा ४ पटक भोट माग्न आए नेता, तर बनेन ७ किमी जोरपाटी-सुन्दरीजल सडक

नेष्डो लघुवित्तको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ? Read Next

नेष्डो लघुवित्तको नाफामा सुधार, प्रतिसेयर आम्दानी कति ?