आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

काठमाडौं । आइएमईले चाडपर्वको अवसरमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफर अन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

गत बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कतार र जापानबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः रन्जीत कुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । वहाँहरूले क्रमशः संयुक्त अरब इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले जनही रू २५ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर विक र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू क्रमशः कतार, कुवेत, बहराइन, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

उनीहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गरेका छन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिनेछ ।

समस्याग्रस्त ११ सहकारीलाई कालोसूचीमा राख्ने तयारी Read Previous

समस्याग्रस्त ११ सहकारीलाई कालोसूचीमा राख्ने तयारी

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी