नेप्सेमा झिनो अंकको गिरावट, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । सोमबार ६ अंकले घटेको नेप्सेमा आज पनि झिनो गिरावट आएको हो ।

सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम आधाले घटेर १ अर्बमा सीमित भएको छ ।

मंगलबार नेप्से २.५७ अंकले घटेर १९५६.३६ विन्दुमा आइपुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ५ करोड रुपैयाँ बढीको २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ समूहको परिसूचकमा हरियाली छाएको छ भने ९ समूहको घटेको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.०३ प्रतिशतले बढेको छ भने व्यापार समूह १.५६ प्रतिशतले घटेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन्स बैंक झन्डै ७ करोड र जाल्पा लघुवित्त ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज लाइफ इन्स्योरेन्स कर्पोरेसनका सेयरधनीले सबैभन्दा धेरै ४.२२ प्रतिशत कमाएका छन् । त्यस्तै, गुराँस लघुवित्त ४.०३, नेपाल पुनर्बीमा, बलेफी हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा Read Previous

आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

हिमालयन बैंकद्धारा त्रिवि शिक्षण अस्पताललाई बारकोड रिडर र प्रिन्टर सहयोग Read Next

हिमालयन बैंकद्धारा त्रिवि शिक्षण अस्पताललाई बारकोड रिडर र प्रिन्टर सहयोग