कालीगण्डकी करिडोर अन्तर्गत ३ खण्डको ठेक्का तोडिँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा अन्तर्गत ३ खण्डको ठेक्का तोडिने भएको छ । ठेकेदार कम्पनीले ठेक्का ओगटेर काम नगरेपछि आयोजनाले बेनी–जोमसोम–कोरोला सडकखण्डमा पर्ने ३ वटा खण्डको ठेक्का तोड्ने तयारी गरेको हो ।

बेनी–जोमसोम–कोरोला सडक आयोजनाले मंगलबार सूचना प्रकाशित गर्दै ठेक्का सम्झौता अनुसार सडक निर्माणको काम नगरेका कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जानकारी गराएको छ ।

सूचना अनुसार पप्पु गौरी पर्वत कोशी न्यौपाने जेभी, तामाङ–गौरी पर्वत कोशी एण्ड न्यौपाने जेभी र रौता आतर्या सारस जेभीसँगको ठेक्का सम्झौता तोड्न लागिएको हो ।

आयोजनाले ती निर्माण कम्पनीहरुलाई ठेक्का तोड्नु नपर्ने केही कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ।

पप्पु गौरी पर्वत कोशी न्यौपाने जेभीले घाँसादेखि जोमसोमसम्मको १८ किलोमिटर, तामाङ गौरी पर्वत कोशी एण्ड न्यौपाने जेभीले झैतेदेखि कोरोलासम्मको २५ किलोमिटर र
रौता आतर्या सारस जेभीले जोमसोमदेखि कागबेनीसम्मको १३ किलोमिटर सडक निर्माणको जिम्मा पाएका थिए ।

यसअघि दुई पटक म्याद थप्दा समेत निर्माण कम्पनीले काम पूरा नगरेपछि आयोजनाले ठेक्का सम्झौता तोड्न लागेको हो ।

आइपीओकै भाउमा राधी जलविद्युतको १३ लाख कित्ता सेयर किन्ने अवसर ! Read Previous

आइपीओकै भाउमा राधी जलविद्युतको १३ लाख कित्ता सेयर किन्ने अवसर !

नेप्सेमा सूचीकृत ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूचीसहित) Read Next

नेप्सेमा सूचीकृत ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूचीसहित)