आइपीओकै भाउमा राधी जलविद्युतको १३ लाख कित्ता सेयर किन्ने अवसर !

काठमाडौं । राधी जलविद्युत् कम्पनीको १३ लाख बढी कित्ता सेयर लिलामीमा आउने भएको छ ।

कम्पनीले असोज ५ गतेदेखि वैशाख २५ सम्म १:१.४७ अनुपातमा जारी गरेको हकप्रद सेयरमध्ये नबिकेको १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर लिलामीम आउने भएको हो ।

कम्पनीले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सोमध्ये बाँकी रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ताहकप्रद सेयर बाँडफाँट गरिएको छ भने नबिकेको बाँकी सेयर लिलामीमा आउने भएको हो ।

उक्त लिलामी सेयरमा लगानीकर्ताले कात्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दीमार्फत आवेदन पेश गर्न सक्नेछन् । सो सेयर जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने प्रतिकित्ता भाउ न्यूनतम १०० रुपैयाँ घटाउन पाइने छैन ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले विक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, जनकपुर, नारायणगढ, हेटौँडा, पोखरा, बाग्लुङ्ग, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगंज, बुटवल, नेपालगंज, दाङ्ग, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्नेछन्।

औद्योगिक क्षेत्रमा ५ वर्ष : लगानी घट्दो, उत्पादन नहुँदा आयात बढ्दो Read Previous

औद्योगिक क्षेत्रमा ५ वर्ष : लगानी घट्दो, उत्पादन नहुँदा आयात बढ्दो

कालीगण्डकी करिडोर अन्तर्गत ३ खण्डको ठेक्का तोडिँदै Read Next

कालीगण्डकी करिडोर अन्तर्गत ३ खण्डको ठेक्का तोडिँदै