कालिका लघुवित्तको नाफामा भारी गिरावट

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ७२.५८प्रतिशतले घटेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा १ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३ करोड ४९ लाख रुपैयाँ कम हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य गिरावट आउनुका साथै ऋण असुल हुन नसक्दा ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा लघुवित्तको नाफा घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६७.४८ प्रतिशतले घटेर ८४ लाख रुपैयाँमा झरेको छ ।

हाल ३१ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २४ करोड ४ लाख रुपैयाँ संचित छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि उच्च गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५२.३६ रुपैयाँ घटेर १६.८३ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७६.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५७.९९ गुणा, खराब कर्जा ३.३७ प्रतिशत रहेको छ ।

 

नेपालमा लगानी, प्रविधि भित्र्याउन कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह Read Previous

नेपालमा लगानी, प्रविधि भित्र्याउन कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

एक सातामै थपियो साढे २१ अर्ब निक्षेप, सीडी रेसियो कतिमा झर्‍यो ? Read Next

एक सातामै थपियो साढे २१ अर्ब निक्षेप, सीडी रेसियो कतिमा झर्‍यो ?