काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ ।
लघुवित्त संचालक समितिको कात्तिक १९ गते बसेको बैठकले सेयरधनीलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ३.८४ प्रतिशत नगदसहित कुल ७६.८४प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।
लाभांश घोषणा गरे यताका दुई दिनमै लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार ठ्याक्कै १० प्रतिशतले बढेको लघुवित्तको सेयर मूल्य आज (११:३० बजेसम्म)पनि करिब १० प्रतिशतले बढेको छ । दुई दिनमै लघुवित्तको सेयर मूल्य प्रतिपकित्ता ६०० रुपैयाँ बढेको छ ।
थोरै पूँजी भएको, बम्पर लाभांश घोषणा गरेको र समग्रमा वित्तीय अवस्था पनि तुलनात्मक रुपमा बलियो रहेकाले लगानीकर्ताहरु लघुवित्तको सेयरमा आकर्षित भएका हुन् ।