५ अर्बको ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, ब्याजदर कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रको निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

विक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ जारी गर्नेछ । यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक ११.२५ प्रतिशत ब्याज पाउनेछन् ।

एसियाकै नमूना तीनमुखे पुलमा कफी शप बनाउने तयारी Read Previous

एसियाकै नमूना तीनमुखे पुलमा कफी शप बनाउने तयारी

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, लगातार पोजेटिभ सर्किट Read Next

बम्पर लाभांश घोषणा गरेको जाल्पा लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, लगातार पोजेटिभ सर्किट