जनरल र सानिमा जनरलले पाए एकीकृत कारोबार गर्न स्वीकृत

काठमाडौं । जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले एकीकृत कारोबार गर्न स्वीकृति पाएका छन् । नियामक निकाय बीमा समितिले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अनुमति दिएको हो ।

दुवै कम्पनीको विशेष साधरण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ र कम्पनी रजिस्ट्रर कार्यालयमा समेत दुई कम्पनी मिली नयाँ कम्पनी दर्ता भएकाले समितिले एकीकृत कारोबारका लागि स्वीकृति दिएको हो ।

दुई कम्पनी १ः१ सेयर अनुपातमा मर्ज भएका हुन् ।मर्जरपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । मर्जरअघि सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी समान १/१ अर्ब थियो ।

समितिले गत चैतमा जीवन र निर्जीवन बीमा कम्पनीको साढे दुई गुणा पूँजी वृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार आगामी चैतसम्म तोकिएको पूँजी पुर्याउने दबाबमा रहेका कम्पनीहरुले मर्जर तथा प्राप्तिको प्रकिया अपनाइरहेका छन् ।

यसअघि दुई निर्जीवन बीमा कम्पनीहरुले मर्जर सम्झौता गरेर एकीकृत कारोबार गरिसकेका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्ज भई हिमालयन एभरेष्टको नाममा एकीकृत कारोबार थालेका हुन् । हाल १ दर्जन बढी बीमा कम्पनीहरु मर्जर तथा प्राप्तिको प्रकियाका रहेका छन् ।

पर्यटक तान्ने नयाँ प्रडक्ट बन्दै 'स्काइ वाक' टावर, कुन-कुन ठाउँमा छ ? Read Previous

पर्यटक तान्ने नयाँ प्रडक्ट बन्दै 'स्काइ वाक' टावर, कुन-कुन ठाउँमा छ ?

एनआइसी एशिया लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ? Read Next

एनआइसी एशिया लघुवित्तको नाफामा भारी गिरावट, प्रतिसेयर आम्दानी कति ?