छिमेक लघुवित्तले कमायो ४ वाणिज्य बैंककोभन्दा धेरै नाफा, ईपीएस कति ?

काठमाडौं । छिमेकको लघुवित्त वित्तीय संस्थाको खुद नाफामा छलाङ आएको छ । छिमेकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५३.७१ प्रतिशतले बढेको छ ।

लघुवित्तले चालु आवको असोज मसान्तसम्ममा ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ११ करोड रुपैयाँ बढी हो । माइक्रोफाइनान्सले गत वर्षको पहिलो त्रैमासमा २१ करोड ४१ लाख खुद नाफा कमाएको थियो ।

छिमेकले चालु आवको पहिलौ त्रैमासमा कमाएको खुद नाफा ४ वटा वाणिज्य बैंककोभन्दा धेरै हो । छिमेकले असोज मसान्तसम्म कमाएको नाफा सेन्चुरी कमर्शियल, बैंक अफ काठमाण्डू, कृषि विकास र सनराइजकोभन्दा धेरै हो । यी ४ बैंकले पहिलो त्रैमासमा ३२ करोडभन्दा कम नाफा कमाएका थिए ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्ल्ख्य वृद्धि भएसँगै लघुवित्तको खुद नाफामा छलाङ आएको हो । समीक्षा अवधिमा छिमेकको खुद ब्याज आम्दानी ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ५३.७१ प्रतिशतले बढेर ४६ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म लघुवित्तले २८ अर्ब ५१ करोड निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब १४ करोड रुपैयाँ संचित छ ।

खुद नाफामा छलाङ मारेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा छिमेकको प्रतिसेयर आम्दानी ९.८४ रुपैयाँ बढेर ५६.६४ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २७०.३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.३९ गुणा, खराब कर्जा ०.८१ प्रतिशत रहेको छ ।

ब्याजदर घटाउन व्यवसायीको आन्दोलन : बाध्यता कि स्वार्थका लागि ? Read Previous

ब्याजदर घटाउन व्यवसायीको आन्दोलन : बाध्यता कि स्वार्थका लागि ?

सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा पर्यटकको भीड Read Next

सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा पर्यटकको भीड