लक्ष्मी बैंक खुला गल्फ प्रतियोगिता हुँदै

काठमाडौं । लक्ष्मी बैंकले शनिबार (कात्तिक १९ गते) ‘लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिता–२०२२’ आयोजना गर्ने भएको छ।

बैंकले सन् २०१४ मा सुरू भएको वार्षिक प्रतियोगिताको ७ औं संस्करण गोकर्ण गल्फ क्लबमा आयोजना गर्ने भएको हो।

उक्त प्रतियोगितामा १७ वर्षभन्दा कम उमेरकादेखि ६० वर्षभन्दा माथिसम्मका विभिन्न उमेर समूहका १०० बढी गल्फरहरू विभिन्न विधामा ट्रफीका लागि भिड्ने बैंकले जनाएको छ।

बैंकले देशभर १४३ शाखा, १३ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, ५० जिल्लामा १७६ एटीएम र ६३ शाखारहित बैंकिङ एजेन्टमार्फत् सेवा दिइरहेको छ।

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी सडकमा उत्रिए Read Previous

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी सडकमा उत्रिए

घोषणापत्रमै सीमित मध्यपहाडी लोकमार्ग, २५ वर्षमा पनि भएन कालोपत्र Read Next

घोषणापत्रमै सीमित मध्यपहाडी लोकमार्ग, २५ वर्षमा पनि भएन कालोपत्र