धुलिखेल-दोलालघाट रुटमा सवारीसाधनमा ‘टाइम कार्ड’ लागू, कति मिनेटमा पुग्नुपर्छ ?

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेलदेखि दोलालघाटसम्म सार्वजनिक सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बनेपाले तीव्र गतिमा सवारी चलाउँदा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै सबै सार्वजनिक सवारीका साधनमा टाइम कार्ड लागू गरेको हो ।

प्रहरीले १ किलोमिटर दूरी २ मिमिनेटमा पार गर्नुपर्ने व्यवस्था गरेको छ । धुलिखेलदेखि पाँचखालसम्मको १५ किलोमिटर दूरीका लागि ३० मिनेटको समय तोकिएको छ । त्यसैगरी, पाँचखालदेखि दोलालघाटसम्म १० किलोमिटर दूरी २० मिनेट टाइम कार्ड लागू गरिएको छ ।

प्रहरीले यसअघि दशैंतिहारको बेलामा पनि लागू गरेको टाइम कार्ड प्रभावकारी भएपछि त्यसलाई निरन्तरता दिएको हो ।

यसअघि ट्राफिक प्रहरीले विपी लोकमार्ग अन्तर्गत सिन्धुलीको भिमानदेखि सिन्धुली र सिन्धुलीबाट खुर्कोट तथा खुर्कोटदेखि नेपालथोकसम्म सवारीका साधनलाई टाइम कार्ड लागू गरेको थियो ।

 

विदेशमा रहेका नेपालीलाई आइपीओमा १०% आरक्षण लागू, खातामा ५० हजार पठाएको हुनुपर्ने Read Previous

विदेशमा रहेका नेपालीलाई आइपीओमा १०% आरक्षण लागू, खातामा ५० हजार पठाएको हुनुपर्ने

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी सडकमा उत्रिए Read Next

ब्याजदर वृद्धिको विरोधमा व्यवसायी सडकमा उत्रिए