युनिलिभरले घोषणा गर्‍यो ५ वर्ष यताकै धेरै लाभांश

काठमाडौं । दोस्रो बजारमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर नेपालले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले गत आवको नाफाबाट १२१५ प्रतिशत नदग लाभांश घोषणा गरेको हो । जुन पछिल्ले ५ वर्ष यताकै धेरै हो ।कम्पनीले यसअघि आर्थिक वर्ष २०७३/७४ मा १२७० प्रतिशत लाभांश दिएको थियो ।

युनिलिभर नेप्सेमासूचीकृत कम्पनी मध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य १८ हजार ३०० रुपैयाँ रहेको छ ।

युनिलिभरले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

एनआइसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने नियुक्त Read Previous

एनआइसी एशिया बैंकको सीईओमा पुनः न्यौपाने नियुक्त

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा