काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल मार्केट लिमिटेडले आज कम्पनीको आइपीओ बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार गोलाप्रथाबाट ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । झन्डै १३ लाख जनाको हात रित्तो भएको छ ।
कम्पनीले असोजदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर विक्रीमा ल्याएको थियो ।
कहाँबाट हेर्ने रिजल्ट ?
कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।
यसैगरी, विक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।