काठमाडौं। सानिमा बैंकको ५१ लाख कित्ता सेयर लिलामीमा आएको छ । बैंकले कात्तिक १६ गते (आज)देखि संस्थापक (प्रमोटर) समूहको ५१ लाख कित्ता सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन् । लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै, सेयरको न्यूनतम मूल्य १४५ रुपैयाँभन्दा घटाउन पाइने छैन् ।
संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिन भित्रमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।