भारतबाट बढेर आयो पेट्रोलियम पद्धार्थको भाउ, प्रतिलिटर कति ?

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले कात्तिक १५ गते (नोभम्बर १ तारिख) नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन, मट्टीतेलको भाउ बढेको छ । भारतबाट पेट्रोल प्रतिलिटर ६० पैसा, डिजेल ५.७६ रुपैयाँ, हवाई इन्धन ५ रुपैयाँ र मट्टीतेलमा ४ रुपैयाँ बढेर आएको छ ।

पेट्रोल, मट्टीतेल र हवाई इन्धनमा भने निगमलाई नाफा छ । समग्रमा आगामी १५ दिनमा निगमलाई समग्रमा ६ करोड करोड नाफा रहने भएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएसँगै भारतले पनि बढाएर पठाएको हो । आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।

इम्बोस्ड नम्बर प्लेटमा देखिएन आकर्षण, जम्मा २ प्रतिशत सवारीसाधनमा मात्रै जडान Read Previous

इम्बोस्ड नम्बर प्लेटमा देखिएन आकर्षण, जम्मा २ प्रतिशत सवारीसाधनमा मात्रै जडान

राष्ट्र उत्थान लघुवित्तको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी कति ? Read Next

राष्ट्र उत्थान लघुवित्तको नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी कति ?