सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । सोमबार १६ अंकले बढेको नेप्से आज ५६ अंकले बढेको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि ठूलो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६० करोडले बढेर सवा १ अर्ब नाघेको छ ।

मंगलबार नेप्से ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँ बढीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ५.४२ प्रतिशतले बढेको छ ।

आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक झन्डै ६ करोड र शिवम् सिमेन्ट ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज न्यादी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, युनिभर्सल पावर ९, युनियन हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्को सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।

त्उस्तै, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

रोकियो नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्स प्रक्रिया Read Previous

रोकियो नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्स प्रक्रिया

दलका चुनावी घोषणा पत्र : यस्ता छन् पूर्वाधार निर्माणका 'सपना' र आर्थिक एजेन्डा Read Next

दलका चुनावी घोषणा पत्र : यस्ता छन् पूर्वाधार निर्माणका 'सपना' र आर्थिक एजेन्डा