रोकियो नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्स्चेन्जको लाइसेन्स प्रक्रिया

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्स्चेन्जकाे लाइसेन्स प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार सूचना जारी गर्दै अर्को निर्णय नहुन्जेलसम्म दुवै संस्थाको लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया रोकिएको जनाएको हो ।

बोर्डले असोज २ गते सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्स्चेन्ज, कमोडिटी एक्स्चेन्ज र ब्रोकरको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । बोर्डले आवेदन दिने समय ब्रोकरका लागि ३० दिन, स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्जका लागि ४५ दिनको समय दिएको थियो ।

स्टक एक्स्चेन्ज र कमोडिटी एक्स्चेन्जका लागि आवेदन दिने आज अन्तिम दिन रहेको थियो । तर, कात्तिक ४ गते सर्वोच्च अदाललते लाइसेन्स वितरण प्रक्रिया रोक्नका लागि आदेश दिएपछि सबै प्रक्रिया हाललाई स्थगित गरिएको बोर्डले जनाएको छ ।

कात्तिक ४ गते अघिसम्म पनि नयाँ स्टक र कमोडिटी एक्स्चेन्जका लागि एउटा पनि आवेदन परेको थिएन ।

७ पटक म्याद थप्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, स्थानीयले माटो थुपारेर गरे बन्द Read Previous

७ पटक म्याद थप्दा पनि बनेन भक्तपुर-नगरकोट सडक, स्थानीयले माटो थुपारेर गरे बन्द

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

सेयर बजारमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी