उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै, निगमले माग्यो माफी

काठमाडौं । आइतबार काठमाडौँ–दिल्ली उडान रद्द भएका कारण नेपालमै रोकिएका यात्रुलाई नेपाल वायुसेवा निगमले आज दिल्ली लैजाने भएको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबारको उडान रद्द हुँदा रोकिएका आफ्ना यात्रुलाई निगमकै जहाजले आज अपरान्ह दिल्ली पु¥याउने भएको हो ।

उनका अनुसार दुई सय ४७ मध्ये बाँकी रहेका एक सय ५० यात्रुलाई निगमले दिउँसोको आफ्नै उडान र अरु वायुसेवा कम्पनीसँगको सहकार्यमा दिल्ली पु¥याउने तयारी रहेको छ ।

केही यात्रुलाई निगमले आइतबार नै अन्य वायुसेवा कम्पनीको सहयोगमा दिल्ली पठाइसकेको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै आइतबार यात्रु अलपत्र परेका थिए ।

प्राधिकरणका अनुसार आज निगमको काठमाडौँ–दिल्ली दुई वटा उडानको तालिका छ । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन नगरेको भन्दै निगमको दिल्लीतर्फको एउटा उडान रद्द गरेकामा आइतबार बिहान विमानस्थल पुगेका यात्रु अलपत्र परेका थिए ।

काठमाडौँ–दिल्ली आइतबारको १ः४५ बजेको उडान रद्द हुँदा दुई सय ४७ जनामध्ये एक सय जना कोड सेयरिङमार्फत जापान, अमेरिका, जर्मनीलगायत विभिन्न मुलुक जाने यात्रु अलपत्र परेका थिए ।

निगमले माग्यो माफी

उडान रद्ध भएपछि निगमले माफी मागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गदै विशेष कारणबश उडान रद्द भएकाले यात्रुमा परेको असुविधाप्रति क्षमा मागेको हो ।

‘नेपाल वायुसेवा निगमको ३० अक्टोबर २०२२ को काठमाडौँ–दिल्ली(काठमाडौंको उडान) र ३१ अक्टोबरको उडान विशेष कारणबश रद्द भएको कारणबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुःख व्यक्त गर्दै क्षमा याचना गर्दछौं,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहने समेत प्रतिवद्धता व्यक्त गरेको छ । उडान रद्द भएको कारणबाट गन्तव्यमा पुग्न नसकेको यात्रुहरुलाई वैकल्पिक व्यवस्थाहरुबाट उडान व्यवस्थापन गरिने जनाएको छ ।

नेपाली स्याउलाई बजार पाउनै मुस्किल, ३ महिनामै सवा २ अर्बको आयात Read Previous

नेपाली स्याउलाई बजार पाउनै मुस्किल, ३ महिनामै सवा २ अर्बको आयात

सरकारको प्रोत्साहनले बढेन निर्यात, ३६ प्रतिशतले घट्यो Read Next

सरकारको प्रोत्साहनले बढेन निर्यात, ३६ प्रतिशतले घट्यो